जावलाखेल युथ क्लबलाई चार लाख सहयोग

०६ असाेज, काठमाडौँ । ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लबलाई रु चार लाख सहयोग गर्नुभएको छ । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा भाग लिने खेलाडीका लागि उहाँले सो रकम सहयोग गर्नुभएको हो ।

एन्फाको आयोजनामा आगामी कात्तिक २९ गतेदेखि हुने ‘ए’ डिभिजन लिगमा क्लबले भाग लिँदैछ । क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले सो रकम खेलाडीको व्यवस्थापनमा प्रयोग गरिने बताउनुभयो । उहाँले आर्थिक सहयोगले खेलाडीलाई हौसला मिल्ने बताउनुभयो ।

क्षेत्रीले खेलाडीलाई खान, बस्न र खेल तयारीका लागि उक्त रकम खर्च गरिने बताउनुभयो । बुढाथोकीले विभिन्न समाजिक कार्यका लागि सहयोग गर्दै आउनुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment