ट्रेवल फेसन कन्सर्न प्रालीको “द लुक” फेसन सो

लक्ष्मण फुयाल

०५ असोज काठमाडौं । ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा (Treble Fashion Concern Pvt. Ltd.) द लुक” फेसन सो आयोजना गर्ने भएको छ ।कार्यक्रमको आयोजक ट्रेवल फेसन कन्सर्न प्राली रहेको छ । भने काठमाडौं स्थित गोकर्णश्वर नगरपालिकाले कार्यक्रममा सहकार्य तथा समन्वय गरेको छ ।

विगतमा पनि यस ट्रेवल फेसन कन्सर्न प्रालीले फेसन तथा ग्याल्मर सम्वन्धित धैरै कार्यक्रमहरु आयोजना गरिसकेको छ । जसमा फेसन सो कार्यक्रम अन्तर्गत मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिताहरु सम्पन्न गरिसकको थियो ।

यो कम्पनी सन् २००१ देखी निरन्तर फेसन तथा ग्यामरस फिल्डमा सक्रिय रुपमा कार्यरत छ । कोरोना कहरका कारण फेसन संग सम्वन्धित कार्यक्रम गर्न नपाएको तर फेरी एक वर्ष पछि हामी द लुक्क (The look ) फेसन सो कार्यक्रम ल्याएको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र श्रेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो ।

यो फेसन सो कार्यक्रम कुनै प्रतिस्पर्दा भन्दा पनि यो फेसन इभेन्टको हो । कार्यक्रम आउदै गरेको दशैको अवसरमा घटस्थापनाको पर्षिपल्ट असोज २३ गते हुनेछ । यस कार्यक्रमा विशेष रुपमा विवाहित तथा अभिवाहित युवतीहरु सहभागि जनाउन सक्ने छन् ।फेसन सो कार्यक्रममा फोटो सुटमा करिव ३० जना सहभागि भैरहेको कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो ।

फेसन सोको पहिलो ईभेन्टको रुपमा पहिलो चरणको फोटोसुट कार्यक्रम भैसकेको अव दोस्रो चरको फोटो सुट असोज ०९ गते हुने छ । ।साथै अन्य ईभेन्ट दुई तिन दिन पछि ट्रेनिङ कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रम सहयोगको रुपमा टिवेटन इन्टरन्यासनल होटेल, बेली फोटोग्राफी लगायत अनलाई मिडिया पाटनरको रुपमा डिजिटल खवर तथा सपोर्टको रुपमा पपकन मिडिया रहेका छन् ।

कार्यक्रमको अवरसरमा फेसन सो, संगित, आधुनिक नृत्य, साँस्कृतिक नृत्य, नाटक लगायत अन्य प्रस्तुतिहरु हुने छ । कार्यक्रमको उद्धेय भनेको महिला दिदि बहिनीहरुलाई अवसरको साथै मोटिभेसनको लागि पनि हो उनले भन्नुभयो । नयाँ मोडलिङ,फिल्म,म्यूजिक क्षेत्रमा आउने चाहाना भएको व्यक्तिलाई अवसर रुपमा लिन सकिन्छ ।

साथै अगामी कार्यक्रमको रुपमा कम्पनीबाट चाडै लिटल आइडल नेपाल सिजन ४ आयोजना गर्ने आयोजकले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

digital khabarfashion programfashion shownepal