किमले आफ्नै बहिनीलाई चिनिनन् !

०२ असाेज, एजेन्सी । यस वर्षको ‘मेट गाला’मा सेलिब्रेटीहरूको पहिरनले विशेष चर्चा पायो । जसमध्ये शरीर पूरै ढाक्ने पहिरनमा पुगेकी किम कार्दशियनको चर्चा बढी नै चल्यो । टाउकोदेखि खुट्टासम्म ढाक्ने कालो पहिरन (ब्ल्याक ब्रलेनसियागा) ले छोपिएर किम पुगेकी थिइन् ।

यही पहिरनकै कारण किम खुब मिम र ट्रोलको शिकार बनिन् । यतिमात्रै होइन ‘इन अमेरिकनः ए लेक्सिकोन अफ फेसन’ थिममा ‘ब्रलेनसियागा जम्पसुट’ मा पुगेकी उनलाई ठम्याउनै गाह्रो परेको थियो ।

यसैबिच किमले हालै आफ्नै बहिनी केन्डल जेनरलाई नचिनेको बताएकी छन् । हालै आफ्नो इन्स्टाग्राम स्टोरीमा किमले लेखेकी छन्, “केन्डलले मलाई बोलाइरहेको थियो, तर मैले कोहो भनेर ठम्याउन सकिन् । मैले उसको पहिरनको चम्किलो लाइनहरू मात्रै देखेँ ।”

इन्साइडरका अनुसार किमलाई यो पहिरनबारे जानकारी उनकै पति कान्ये वेस्टले दिएका हुन् । कान्येले नै किमलाई यो पहिरन (ब्रलेनसियागा)को आविष्कार डेम्ना गभासालियाले गरेका हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownNewsPolitictechnology
Comments (0)
Add Comment