हेटौँडामा ७५ हजारले लिए सिफारिस

०१ असोज,हेटौँडा । हेटौँडा उपमहानगपालिकाले एक वर्षमा करिब ७५ हजार सिफारिस गरेको छ । सेवाग्राहीका माग अनुसार ७४ हजार ७४१ सिफारिस गरेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । उपमहानगरमार्फत सिफारिस भएकामध्ये सबैभन्दा धेरै चौहद्दी (चारकिल्ला प्रमाणित) छन् । उहाँका अनुसार चौहद्दी सम्बन्धी १० हजार ५० , नागरिकता सात हजार ७ ७२, नाता प्रमाणित एक हजार १८३, खानेपानी तथा बिजुली तीन हजार पाँच , वस्तुगत विवरण नौ हजार ४१८, जग्गा नामसारी एक हजार ८५४, नाता सम्बन्ध ८३४ र अन्य सिफारिस ४० हजार ६२५ छन् ।

गतवर्ष अनलाइन तथा अफलाइन प्रणालीमार्फत तीन हजार ४१८ को जन्मदर्ता, एक हजार २८५ को मृत्युदर्ता तथा एक हजार ९५९ जोडीको विवाहदर्ता भएको छ । यसैगरी १३६ दम्पतीले सम्बन्धविच्छेद गरेका छन् भने दुई हजार २१७ परिवार बसाई सरी आएका तथा गएको उपमहानगरका सूचना अधिकारी भानु थपलियाले जानकारी दिनुभयो ।

उन्नाइस वडामध्ये वडानम्बर १६ बाहेक १८ वडामार्फत अनलाइन व्यक्तिगत घटना दर्ताको काम हुँदै आएको छ । वडा नम्बर १६ मा भने अनलाइनमार्फत दर्ताको काम सुरु गर्ने चरणमा छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment