शोक प्रस्ताव पारित

२८ भदाै, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रुक्म शमशेर जवराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

बैठकमा स्व राणाप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । राणा विसं २०४८ को राष्ट्रियसभामा मनोनीत सदस्य हुनुहुन्थ्यो ।

पूर्वराजदूतसमेत रहनुभएका राणाको ८६ वर्षको उमेरमा यही भदौ २६ गते शनिबार निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते बिहान ११ बजे पुनःबस्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment