कलाकार राजेश हमाल एमसिसिको बिरोधमा

२६ भदाै, काठमाण्डौं । अभिनेता राजेश हमालले जव देशमा संकट परेर देशको बारेमा बहस शुरु हुन्छ । त्यतीबेलो कलाकार राजेश हमाले आफ्नो अभिव्यक्ती सार्वजनिक गरेको हुन्छ । यसै गरी हाल देश एमसिसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) को बहसमा छिरेको छ ।

मेरिकाको यो अनुदान लिन हुन्छ कि हुन्न भन्नेमा देश बाँडिएको छ । वैदेशिक मामला जो पर्यो, राजेश हमाल पनि चुप लागेर बस्न सकेनन् । उनले पनि शुक्रबार मध्यरातमा भिडियो जारी गर्दै आफ्नो भनाइ राखे ।

भिडियोमा उनले सिधा सिधा एमसिसीको विरोध गरेका छैनन् तर घुमाएर यदि जनता यसको विरुद्धमा छन् भने यो लागू गर्न नहुने उनको आसय स्पष्ट छ ।

यसो गर्दा उनले अमेरिकाको बिग्रँदो छविका कारण यस्तो अवस्था आएको पनि उल्लेख गरेका छन् । तर, यसो गरिरहँदा उनले एमसिसी के कारणले लिन नहुने वा के कारणले लिन हुने कुनै स्पष्ट धारणा राखेका छैनन् । लामो भिडियोमा उनले नेपालको भन्दा धेरै अमेरिकाको कुरा गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Actorbusinessdigital khabarnepalNepaliRajesh-Hamal
Comments (0)
Add Comment