गोकर्णेश्वर नगरपालिकाले नि:शुल्क क्यान्सर परिक्षण शिविर संचालन गर्दै

२५ भाद्र, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले निशुल्क क्यान्सर परिक्षण शिविर संचालन गर्ने बारेमा सार्वजनिक सूचना जारि गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको उक्त सूचनामा गोकर्णेश्वर नगरपालिका र सोसियसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपाल ( AMDA- Nepal) को सहकार्यमा निम्न मिति स्थान र समयमा निशुल्क महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण शिविर संचालन हुन गइरहेको हुँदा उक्त रोग संग सम्बन्धित बिरामीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराई लाभ लिनुहुन अनुरोध गरिएको छ।

१) २०७८ साल असोज २ गते आम्दा नेपाल अफिस गोकर्णेश्वर ६

२) २०७८ साल असोज ९ गते बलुवा स्वास्थ्य चौकी गोकर्णेश्वर ३

३) २०७८ साल असोज १६ गते नयाँपाटी स्वास्थ्य चौकी गोकर्णेश्वर २

४) २०७८ साल असोज २३ गते सुन्दरीजल स्वास्थ्य चौकी गोकर्णेश्वर १ मा बिहान ९ बजे देखि अपरान्ह १ बजे सम्म हुने उल्लेख गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarLockdownnepalNepali NewsNewsPolitictechnology
Comments (0)
Add Comment