नारायण सुवेदी ‘आभाष’को संगीतमा ‘देखे जब उनीलाई’ सार्वजनिक ( भिडियो )

२५ भदाै, काठमाडौँ । गायक जगदीश समालको स्वरमा समावेश प्रेमिल शैलीको बिल्कुलै नयाँ गीत ‘देखे जब उनीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द गीतकार तथा फिल्म निर्मात्री अनु शाहको रहेको छ।

नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ।

अमेरिकामा नै सम्पूर्ण छायांकन भएको म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा फिचर्ड छन्।

जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो।

ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक समाल, गीतकार शाह र संगीतकार सुवेदीको सहकार्यमा रहेको ‘तिम्रो प्यारमा छु’ दर्शक स्रोतामाझ लोकप्रिय छ।

भिडियो :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Dekhe Jaba Unilaidigital khabarMusicMusic VideotechnologyVideos
Comments (0)
Add Comment