मन्त्रिपरिषद् विस्तारबारे नेपाल, यादव र प्रचण्डबीच छलफल

 २४ भदाै, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको छ।

तीन नेताबीच बिहीबार बिहान भएकाे  भेटमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएकाे स्रोतले जनाएको छ। तीन नेताबीच करिब २ घण्टा छलफल गरेको थियाे।

राजनीतिक दल विभाजनसम्बन्धी  विधेयक संसद्‍मा पेश भएपछि उनीहरुले सरकार विस्तारका विषयमा छलफल गरेका हुन् । भेटमा प्रचण्ड, नेपाल, यादवसहित माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए।

सरकारमा सहभागी हुने विषयमा सहमति भएमा अर्को सातासम्म मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ। भेटमा एमसीसीका विषयमा समेत नेताहरुले छलफल गरेको स्रोतले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment