अफगानिस्तानमा सत्ता कब्जा गर्न तालिवानलाइ चीन र पाकिस्तानको बलियो साथ, अमेरिका र भारतको फरक रणनीति

२४ भाद्र, एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जा गर्न तालिवानलाई चीन र पाकिस्तानको साथ रहेको चर्चा चलिरहँदा दुवै देशले सक्रियता बढाएका छन् । चीन र पाकिस्तानबीच दक्षिण एशिया मामलामा अघोषित एलाइन्स बनिरहँदा तालिवान सत्तामा आएपछि गतिविधि बढाएका हुन् ।

चीनले अफगानिस्तानलाई ३ करोड १० लाख डलरको सहयोग घोषणा गरेको छ । यो रकम खाद्यान्न र कोरोना भाइरसविरुद्धको भ्याक्सिनमा खर्च हुनेछ ।

चीनका विदेशमन्त्री वाङ ई सहित अफगानिस्तानका छिमेकी पाकिस्तान, इरान, तालिकिस्तान, उज्वेकस्थान र तुर्किमिनिस्तानका विदेशमन्त्रीबीचको भर्चुअल छलफलपछि चीनबाट अनुदान सहयोग घोषणा आएको हो ।

तालिवानसँग चीनले नजिकको सम्बन्ध स्थापित गरिसकेको छ । २८ जुलाईमा तालिवान नेता मुल्लाह बरदारसहितको टोलीले चिनियाँ विदेशमन्त्री वाङ ईसँग भेटेका थिए । त्यतिबेला तालिवानले अफगानिस्तान कब्जा गरेको थिएन । चीनले तालिवान शक्तिमा आउँदा अमेरिकालाई धक्का परेको भन्दै एक प्रकारणको जीतको सन्देश दिदै आएको छ ।

यसैगरी, तालिवानलाई पाकिस्तानले निरन्तर सहयोग गरिरहेको छ । तालिवान शक्तिमा आएपछि पाकिस्तानी गुप्तचर निकाय आइएसआईका प्रमुख फैज हमिद काबुल पुगेका थिए । उनी काबुलमा रहँदा पन्जसिरमा तालिवानलाई साथ दिने गरी पाकिस्तानले ड्रोन हमला गरेको खबरहरु आएको थियो ।

फैज काबुल पुगेपछि मात्र तालिवानले सरकारको घोषणा गरेको थियो । तालिवान सरकारमा महत्वपूर्ण पदहरुमा पनि पाकिस्तानले मिलाइदिएको चर्चा छ । तालिवानमाथि पाकिस्तानको विशेष प्रभाव छ ।

अफगानिस्तान मामलामा चीन र पाकिस्तान एकजुट भएका छन् । त्यसको सामना गर्न अमेरिकाले भारतसँग परामर्श बढाएको छ । सीआइएका प्रमुख वलियम जे बर्नसले मङ्गलबार दिल्ली पुगेर महत्वपूर्ण भेट गरे । रुसका राष्ट्रिय सुरक्षा सल्लाहकार निकोलेई पात्रुसेभपनि दिल्ली पुगेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाललगायतसँग भेटेका छन् ।

अफगानिस्तान मामलामा अहिले चीन र पाकिस्तान एकातर्फ छन् भने अमेरिका र भारत अर्कातर्फ छन् । यसले दक्षिण एशियाको राजनीतिमा नयाँ घटनाक्रम विकास हुनथालेको छ ।



मल्टिमिडिया ग्यालरी

businessChinaCoronavirusCovid-19digital khabarhealthIndiaLockdownnepalNewsPakistantechnologyUSA
Comments (0)
Add Comment