नख्खु कारागारका कैदीबन्दीको रासनमा घोटालाको आशंका, छानबिन समिति गठन

२१ भदाै, काठमाडौँ  । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीको सेवा सुविधा तथा रासन अनियमितता भएको आशंकामा कारागार व्यवस्थापन विभागले छानबिन समिति गठन गरेको छ । विभागका निर्देशक रामचन्द्र तिवारीको संयोजक्तवमा समिति गठन भएको हो ।

समितिमा नेपाल प्रहरी,जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय अनुसन्धान विभागमा प्रतिनिधि छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

कैदीको रासनमा घोटाला गरेको, आवश्यकता अनुसार टेलिफोन सुविधा उपलब्ध नगराएको भन्दै आइतबार कैदीहरुले चौकीदारहरुविरुद्ध जेलर चिरञ्जीवी गिरीसमक्ष निवेदन दिएका थिए ।

उनीहरुले ८ जना चौकीदार/नाइकेमाथि कारबाहीको माग गर्दै सीआरसी ब्लकमा प्रदर्शन समेत गरेका थिए । त्यसको भोलिपल्ट विभागका महानिर्देशक जनकराज दाहालले निर्देशक तिवारीको संयोजक्तवमा समिति गठन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले कारागारका नाइके शिव चौधरी, रिकेश अधिकारी, सविन केसी, शम्भू कार्की, अरुणकुमार महतो, विशाल विष्ट तथा सहनाइके देवेन्द्र तिमल्सिना र दीपक कर्णलाई कारागार स्थानान्तरणको माग गरेका छन् । उनीहरु कर्तव्य ज्यान, लागूऔषध, मानवतस्करी, हातहतियार-खरखजाना लगायतका कसुरमा कारगारमा छन् । विशाल विष्ट कारागारका मुख्य नाइके हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19crimeDeathdigitalkhabarhealthNews
Comments (0)
Add Comment