एक हजार ४८८ जना सङ्क्रमित थपिए, एक हजार ७४३ जना निकाे, २० काे मृत्यु

२१ भदाै, काठमाडाैँ । नेपालमा कोरोनाभाइरसका एक हजार ४८८ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ७० हजार ७५९ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.५३ प्रतिशत छ । मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ७४३ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म सात लाख २८ हजार ९२८ जना कोरोनामुक्त भएका छन् ।

गएको चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८५८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयले हाल नेपालमा ३० हजार ९७३ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ । नेपालमा २६० जना क्वारेन्टिनमा छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment