कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका फरार व्यक्ति २७ वर्षपछि पक्राउ

२१ भदाै, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्तिलाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३ वर्षीय मनकेशर राईलाई घटना भएको २७ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको हो ।

टेम्केमैयुङ–७ का २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको २०६१ भदौ २८ गतेको फैसलाले तीन वर्ष कैद सजाय सुनाएको थियो । घटनापछि नै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले भोजपुर सदरमुकाममा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

उनलाई भोजपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19crime and accidentDeathdigitalkhabarhealthNews
Comments (0)
Add Comment