सिद्धार्थनगरकी उपप्रमुख काफ्लेले रोजिन् एकीकृत समाजवादी

२१ भदौ, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । नेकपा एमालेबाट निर्वाचित भएकी काफ्लेले पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी हुन् ।

काफ्लेले सोमबार जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेकी हुन् । यस्तै बुटवल उपमहानगरपालिका-३ का वडा सदस्य चिनबहादुर गुरुङ,बुटवल-२ का वडा सदस्य सुनिल शाक्य, बुटवल १८ का वडा सदस्य गोपाल खनालले पनि एकीकृत समाजवादी पार्टी रोजेर जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment