स्कुल खोल्न हतार नगरौं’

१८ भदाै, काठमाडाैँ । १८ वर्षमुनिकाले खोप नपाएकाले विद्यालय खोल्नु जोखिमपूर्ण हुने चेतावनी

उपत्यकाका तीनै जिल्ला प्रशासनको बुधबारको बैठकले ‘स्मार्ट लकडाउन’ को मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गर्‍यो । तर, विज्ञहरूले भने कोरोना महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोलेर पढाइ सञ्चालन गर्नु जोखिमपूर्ण हुने बताएका छन् ।

खोप नपाएका बालबालिका प्रभावित भए अत्यधिक संक्रमण र जटिलता देखिने र यसको उपचार मुलुकले थेग्न नसक्ने उनीहरूको चेतावनी छ । बालबालिकालाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन पनि उनीहरूले सुझाव दिएका छन् ।

दोस्रो लहर कायम रहेको, केस उल्लेख्य रूपमा नघटेको तथा बिरामी आउने क्रम पनि कम भएको छैन कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. अजित रायमाझीले भने अभिभावकमा कोभिडको सामान्य लक्षण देखिएको छ तर बच्चाहरूमा खोकी आउने, स्याँस्याँ हुने, बेस्सरी ज्वरो आउने देखिन्छ, कोभिडबाट त्यो समूह सुरक्षित छैन ।

शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ का आधारमा विद्यालय खोल्न सकिने जनाइसकेको छ । कार्यढाँचामा विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ तर स्थानीय प्रशासनको अनुमति लिनुपर्ने प्रावधान राखिएको छ । यही प्रावधानलाई देखाएर कतिपय स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् । यद्यपि विद्यालय खोल्ने विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयबीच नै एकमत छैन । ‘हामीले शिक्षा मन्त्रालयलाई हाल स्कुल नखोल्न सुझाव दिएका थियौं, त्यो मानिएन, स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने खोप नलगाएका १८ वर्षमुनिका एक तिहाइभन्दा बढी जनसंख्यामा संक्रमण फैलिए हाम्रो संरचना, जनशक्तिले थेग्ने अवस्था छैन ।’

बालबालिकाले सुरक्षित तरिकाले मास्क नलगाउने र सामाजिक दूरी एवं हातको सरसफाइमा ध्यान नदिने भएकाले उनीहरूमा संक्रमण फैलने जोखिम बढी रहेको विज्ञहरूको भनाइ छ । विद्यालयको पूर्वाधारलाई समेत उनीहरूले प्रमुख चुनौतीका रूपमा लिएका छन् । उनीहरूका अनुसार अधिकांश भवन साँघुरा भएकाले कक्षाकोठामा सामाजिक दूरी कायम गर्न सम्भव देखिँदैन । ‘साधारण सावधानी अपनाउन नसक्नेका लागि स्कुल खोलेर जोखिम मोल्नु हुन्न,’ डा. रायमाझीले भने उनीहरूले खोप लगाएका छैनन् र कोरोनाबारे पूर्ण जानकारी पनि छैन ।’

विद्यालय खोल्दा खोप लगाएका शिक्षकलगायत सहायक कर्मचारीले रोगको ‘क्यारियर’ का रूपमा बालबालिकालाई संक्रमण सार्ने जोखिमसमेत त्यत्तिकै छ । ‘हाल स्कुल खोल्नु जोखिमपूर्ण छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभवले समेत यही भन्छ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा. प्रकाश पौडेलले भने, ‘यदि तेस्रो लहरमा हालसम्म आकलन गरेअनुसार नै बालबालिका केन्द्रित संक्रमण भयो भने हाम्रो स्वास्थ्य संरचनाले उपचार थेग्न सक्दैन । पहिलो, दोस्रो लहरभन्दा जटिल देखिने सम्भावना छ ।’

महामारीको तेस्रो लहर आएमा खोप नलगाएका बालबालिका बढी जोखिममा पर्ने त्रिवि शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा. सिर्जना बस्नेतले बताइन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronaviruscovid 19 updateDeathdigital khabareducationhealthNews
Comments (0)
Add Comment