नेपाल र भारतको मैत्रीपुण फुटबलमा अन्जनको गोलमा नेपाललाई अग्रता

१७ भदौ, काठमाडौं । नेपालले भारत विरुद्धको मैत्रिपूर्ण फुटबल खेलमा अग्रता लिएको छ । अन्जन विष्टको गोलमा नेपालले भारतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेला अग्रता लिएको हाे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबर भएको खेलमा अन्जन विष्टले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएका हुन् । चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् ।

खेलको चौथो मिनेटमा अन्जन विष्टको क्रसलाई भारतीय गोलरक्षक गुरुप्रित सिंह सन्धुले सहजै नियन्त्रणमा लिए । आठौं मिनेटमा लिस्टन कोलाकोले मैदानको मध्यभागबाट बल अघि बढाउदै गरेको क्रसमा नेपाललाई कुनै खतरा भएन ।

२४औं मिनेटमा ब्रँनडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण चेम्जोङले पञ्च गर्दै खतरा टारे । २६औं मिनेटमा आयुष घलानको क्रसलाई फरवार्ड नवयुग श्रेष्ठले जर्ज गर्न सकेन । २८औं मिनेटमा पुजन उपरकोटीको प्रहार फितलो बन्यो । ३२औं मिनेटमा सुमन लामालाई फउल गरेपछिको प्राप्त फ्रिकिकमा अन्जन विष्टको प्रहार आकासिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

नेपालले गोल गरेलगत्तै भारतले गोलको प्रयास गरेपनि गोलरक्षक तथा कप्तान किरण बाधक बने । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सुमन लामाको पेनाल्टी बक्स बाहिरको प्रहारलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन सफल हुदा नेपाल अग्रत दोब्बर पार्नबाट चुक्यो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Anjanbusinessdigital khabarfootballFriendship MatchGoalIndianepalnepali congressNews
Comments (0)
Add Comment