आक्रमक फुटबलको अपेक्षा

१७ भदाै, काठमाडौं । अब्दुल्लाह अलमुताइरी अचम्म स्वभावका छन् । केही समय बिताउन पर्छ, क्षणभरमै उनको ‘मुड’ बदलिरन्छ । घरी रमाइलो र मनमौजी जस्ता देखिन्छन्, घरी सन्की र एकलकाँटे । हास्दाँ हास्दै रिसाए जस्तो गर्छन्, रिसाउदा रिसाउदै फिस्स हाँसे जस्तो । अलमुताइरी यस्तै छन् ।

यहीँ स्वभावले सायद उनीबारे यसैभन्न जो कोहीलाई गाह्रो छ । अलमुताइरीको स्वभावनै आक्रमक खालको छ । फुटबल खेलाउने शैलीपनि उस्तै ।

नभए इराक जस्तो टिमविरुद्ध दुई गोल नेपालले कहाँ हान्थ्यो र ?

खेलाडीलाई शारिरिक र मानसिक रुपमा तयार पार्नु हरेक प्रशिक्षकको जिम्मेवारी हो । अलमुताइरी मनोबिज्ञानका विद्यार्थी हुन् । खेलाडीलाई मानसिक रुपमा बलियो बनाउन उनको सधै विशेष जोड रहन्छ । मानसिक रुपमा खेलाडीलाई तयार पार्न सकेमात्र मैदानभित्र जितिन्छ भन्ने उनको मनोबिज्ञान छ ।

उनी आक्रमक फुटबल रुचाउछन् । खेलाडीलाई त्यही अनुसार तयार गर्छन् ।

बिहिबार दशरथ रंगशालामा भारतविरुद्ध उत्रदै गर्दा अलमुताइरीसंग त्यही आक्रमक फुटबल नेपाली समर्थकले खोज्नेछन् । बुधबार प्रि–म्याच कन्फरेन्समा अलमुताइरीले स्पष्ट रुपमै भने, ‘हामी जित्नका लागि खेल्नेछौं । रक्षात्मक खेल्ने छैनौं ।’

उनले भारतविरुद्ध उत्रदै गर्दा इतिहास र वरियताको मतलब नगर्ने समेत बताए । नेपालभन्दा वरियता र हेड टू हेडमा निकै माथि रहेको भारतविरुद्ध अलमुताइरीले खेलाउने फुटबल प्रतिक्षामा छ ।

‘हामी ईतिहास र वरियताको मतलब गर्ने छैनौं । भारत धेरै बलियो छ तर हामी गोखौली हौं । हामी पनि कमजोर टिम हैन । यो दुवैका लागि कठिन खेल हुनेछ ।’ उनले थपे ।

अलमुताइरी आएपछि राष्ट्रिय टिममा उथलपुथलनै भएको छ । राष्ट्रिय टिममा ९ भन्दा धेरै खेलाडी फेरिएका छन् । युवा खेलाडी थपिएका छन् । भारतविरुद्ध समेत केही खेलाडीलाई डेब्यु गराउने अलमुताइरीले प्रष्ट पारेका छन् ।

‘म आएदेखि ९ देखि ११ खेलाडी परिवर्तन गरेको छु । भोलि ‘गुड सरप्राइज’ हुनेछ । नयाँ खेलाडी हुनेछन् ।’ राष्ट्रिय टिममा गरेको परिवर्तनबारे अलमुताइरी भन्छन्, ‘खेलाडीले मेन्टालिटी परिवर्तन गर्न खोजेको छु । सबै फोकस मानसिक रुपमा परिवर्तन गर्नमा लगाएको छु । त्यो परिवर्तन नभएसम्म कतै पुर्याउन सकिदैन ।’

विश्वकप छनोट अन्तर्गत कुवेत भ्रमण सकेपछि राष्ट्रिय टिम निरन्तर बन्द प्रशिक्षणमा छ । करिब दुई महिना राष्ट्रिय टिमले प्रशिक्षण गरेको छ । एक महिनापछि साफ च्याम्पियनसिप हुदैछ । नेपालको नजर साफको उपाधिमै छ । भारत साफको सबैभन्दा बलियो टिम हो । प्रतियोगिता अघि भारतसंग खेल्दै नेपाल आफुलाई सुधार गर्न चाहन्छ । प्यालेस्टाइन, कीर्गिस्तान जस्ता देशको प्रस्ताव आउँदा समेत नेपालले भारतनै रोज्नुको खास कारण यही हो ।

दुई मैत्रीपूर्ण खेल सकेर नेपाल कतार भ्रमणमा निस्कनेछ । करिब एक महिना कतारमै प्रशिक्षण गर्नेछ, सके केही मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।

नेपालका लागि भारतविरुद्धको खेल निकै महत्वपुर्ण छ । भारतलाई विश्लेषण गर्न र साफमा त्यसलाई सुधार गर्न । त्यसैले अलमुताइरीले यसलाई एक सामान्य खेलको रुपमा ब्याख्या गर्छन् ।

‘दुई महिनाको अभ्यास गर्यौ । राम्रोसंग भारतको अध्ययन गरेका र्छौ । हाम्रो लक्ष्य साफ हो । यो मात्र मैत्रीपूर्ण खेल हो । मेरा लागि यो सामान्य खेल हो । हामी तयार छौं । सबैलाई हाम्रा समर्थकलाई खुसी भन्दा गर्व गर्ने बनाउन चाहन्छौं ।’ अलमुताइरीले भने ।

अलमुताइरीको अर्को बलियो पक्ष भनेको उनको प्राविधिक ज्ञान हो । उनी अध्ययनशिल छन् । विपक्षी र खेलको राम्रो विश्लेषण गर्छन्, ब्याख्या गर्छन् । त्यो बिश्लेषण भारतविरुद्धको खेलका लागि समेत गरेका छन् । उनलाई भारतविरुद्ध नेपालको इतिहास, प्रर्दशन र हैसियतबारे राम्रो ज्ञान छ ।

उनलाई यो पनि थाहा छ, भारतविरुद्ध खेल्नु र जित्नुको अर्थ ।

‘भारत धेरे राम्रो टिम हो । हामीले मात्र एक खेल जितेका छौं । हामीले एसियालाई देखाउनु छ । हामी साँच्चिकै गोर्खाली हो । हामी दुवै खेल जित्नेछौं । जित्नका लागि खेल्नेछौं । समर्थकलाई खुसी हैन, गर्व गर्न लायक बनाउनेछौं ।’ आत्मविश्वासी अलमुताइरी भन्छन् ।

‘सबैलाई देखाउन छ, हामी पुरा गोर्खाली हौं । हामी तयार छौं । हामी हाम्रो भविष्य बनाउन गइरहेका छौं । दुई खेल जितेको खण्डमा हाम्रो वरियता सुधारमा हुनेछ । फिफा वरियतामा ७ देखि १० स्थान सुधार हुनेछ । यो नेपाली फुटबलका लागि धेरै राम्रो हो ।’ उनी भन्छन् ।

अलमुताइरीको यहीँ आत्मविश्वास खेलाडीमा सरेको छ । अलमुताइरीले राष्ट्रिय टिममा भर्न खोजेको यहीँ आत्मविश्वास खेलाडीमा देखिन्छ । तर नतिजामा खासै अन्तर आएको छैन ।

खेलाडीको फुटबललाई खेल्ने र सोच्ने शैलीलाई परिवर्तन गर्नु अलमुताइरीले मैदानभित्र नेपाली फुटबलमा गरेको परिवर्तन हो ।

पछिल्ला महिना अलमुताइरीका लागि राम्रो रहेन । उनी अनावश्यक विवादमा आए । धेरै प्रतिक्रियात्मक स्वभावले उनलाई हानीनै गर्यो ।

आक्रमक फुटबल सबैलाई मन पर्छ, अलमुताईरीले खेलाउन खोजेको त्यही शैली नेपाली समर्थकलाई मन परेको छ । भारतविरुद्ध त्यही शैली फुटबल समर्थकले अपेक्षा गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment