दुर्घटनामा एकको मृत्यु

१७ भदाै, तनहुँ । बोलेरोको ठक्करबाट तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ साठीमुरे भन्ने स्थानमा बुधबार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दमौलीबाट थर्पुतर्फ जाँदै गरेको ग३च २४४३ नंको बोलेरोले विपरीत दिशामा गुडिरहेको बा६५प ४६६० नंको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सार्की सख्त घाइते भएका थिए ।

घाइते सार्कीको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपश्चात गण्डकी मेडिकलमा सिफारिस गरिएको थियो । उपचारका क्रममा उनको सोही मेडिकलमा मृत्यु भएको हो । बोलेरो र त्यसका चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय विनोद श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BusinesCoronavirusCovid-19crime and accidentDeathdigital khabarhealth
Comments (0)
Add Comment