नेप्से सामान्य अंकको बृद्धी :९ अर्ब ३५ करोड १७ लाख बराबरको कारोबार

६ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथोे दिन आज बुधबार झिनो अंकको बृद्धि भएको छ । आज नेप्से १.१८ अंकले बढेर दुई हजार ९ सय ७७ दशमलब २ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । आज ९ अर्ब ३५ करोड १७ लाख बराबरको कारोबार भएको छ । मंगलबार १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ७.५५ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूलय आज ९.९८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ५९ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNews
Comments (0)
Add Comment