के काठमाडौंमा पुन होला त निषेधाज्ञा ?

१६ भदाै, काठमाडौं । नेपालमा साउनयता कोभिड–१९ संक्रमितको संख्या स्थिर देखिएको छ । अहिले दैनिक थपिने संक्रमितको संख्या दुई हजारदेखि ३ हजारको बीचमा छ । लामो समय स्थिर रहेको यो संख्या चाडपर्व नजिकिँदै गर्दा बढ्नसक्ने विज्ञहरूको आंकलन छ ।

१५ दिनमा थपिए २७ हजार संक्रमित, ४२३ जनाको मृत्यु
नेपालमा भदौ महिनाका १५ दिनमा २७ हजार ८०९ जना संक्रमित थपिएका छन् । ४२३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो १५ दिनको अवधिमा एक लाख ३८ हजार ३६४ वटा नमुनाको कोभिड परीक्षण गर्दा २७ हजार ८०९ जनामा संक्रमण पुष्टि भएको हो ।

भदौ १५ गतेसम्म नेपालमा कोभिड संक्रमित हुनेको संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ । २० जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ भने १८ जिल्लामा २ सयभन्दा बढी छ ।

नेपालमा हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ । यसरी अहिले संक्रमणको जोखिमका हिसाबले २० जिल्ला ‘रेड जोन’मा छन् ।

पछिल्लो समय कोभिड संक्रमितको संख्यामा भएको उतारचढावले अझै पनि संक्रमण समुदायस्तरमा फैलिनसक्ने जोखिम रहेको विज्ञहरूको आंकलन छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरवहादुर पुन चाडपर्व र चहलपहल बढ्दै जाँदा अहिलेसम्म संक्रमित नभएका व्यक्तिहरू अर्थात् नयाँ संक्रमित थपिने सम्भावना बढी हुने बताउँछन् ।

“नयाँ भेरियन्ट थपिएमा त्यससले तेस्रो लहर निम्त्याउन सक्छ । संक्रमण बढ्ने वातावरण भएमा अहिले फैलिइरहेकै भेरियन्टले गर्दा पनि संकमितको संख्या उच्च हुनसक्ने देखिन्छ । तर, पहिलो वा दोस्रो लहरको जस्तो संक्रमण एकदमै उच्च हुने सम्भावना भने तत्काललाई देखिँदैन,” डा. पुन भन्छन् । नेपालमा अहिले डेल्टा र डेल्टा प्लस भेरियन्ट सक्रिय रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिँदै आएको छ । संक्रमण नियन्त्रण गर्न नसक्नेगरी बढ्दै गए कडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउनेमा मन्त्रालयले सचेत गराएको छ ।

संक्रमण फैलिन नदिन भिडभाड हुने सामाजिक क्रियाकलाप नगर्न र खोप लगाएका तथा नलगाएका सबैले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न पनि मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छ । संक्रमणको अवस्थालाई हेरेर जिल्ला तहमा निषेधधाज्ञा कतिसम्म कडा वा खुकुलो गर्ने भन्ने जिम्मा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई दिइएको छ ।

सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेका जिल्लाहरूमा अहिले पनि निषेधाज्ञा कायम नै छ । काठमाडौंको हकमा भने अहिले पर्ख र हेर कै अवस्था रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् । संक्रमणले उच्च रूप लिँदै गए मन्त्रालयले सीसीएमसीलाई निषेधाज्ञाका लागि सिफारिस गर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalPolitictechnology
Comments (0)
Add Comment