एक हजार ५२३ सङ्क्रमित, एक हजार ७८६ जना कोरोनामुक्त, २० जनाको मृत्यु

१५ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार ५२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ६२ हजार ६४७ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक हजार ७८६ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख १६ हजार ३०६ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७५० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ ।३५ हजार ५९१ जना सक्रिय सङ्क्रमित छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthLockdownnepalNewstechnology
Comments (0)
Add Comment