न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१५ भदौ, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ सेयरमा आवेदन दिने आज अन्तिम दिन हो।

कम्पनीले भदौ १ गतेदेखि १८ लाख कित्ता साधारण सेयर खुला गरेको थियो ।

कम्पनीले प्रतिसेयर १ सय अंकित मुल्यका उक्त कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक सेयरधनीहरुलाई बिक्रि गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा ६,७ र ८ का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र लमजुङ जिल्ला बाहेक अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर बिक्रि गर्ने भएको हो ।

बाँकी रहेको ३ लाख कित्ता कम्पनीले संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विकास कम्पनीका कर्मचारीहरुका लागि बिक्रि गर्ने जनाएको छ ।

आईपीओ बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment