मन्त्रालय भागवण्डा टुंगिन सकेन, आज मन्त्रिपरिषद् विस्तार नहुने

१४ भदाै, काठमाडाैँ । आज पनि मन्त्रिपरिषद् विस्तार नहुने भएको छ। यसअघि आइतबार सम्पन्न शीर्षनेताको बैठकले आज सरकारलाई पूर्णता दिने निर्णय गरेका थिए। आजै टुंग्याउने तयारी गरिए पनि गठबन्धनका दलबीच कतिपय विषयमा छलफल गर्नुपर्ने भएकाले सम्भव नभएको बालुवाटार स्रोतले बताएको छ।  

मंगलबारसम्म आन्तरिक तयारी सकेर बुधबार सरकारलाई पूर्णत दिने आफू निकट नेतासँगको भेटमा प्रभानमन्त्री शेरबहादुर देउवाले बताएको एक नेताले जानकारी दिए।

यता सरकार गठनका विषयमा छलफल गर्न आज पनि गठन्धनका दलको बैठक बस्न लागेको माओवादी केन्द्रका एक नेताले बताए। आजको बैठकले मन्त्रालय बाँडफाँटको विषय टुंगो लगाउने उनको भनाइ छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarKathmandunepalNewsPolitic
Comments (0)
Add Comment