गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरू भदौ १५ गतेदेखि खुल्ने

१४ भदौ, काठमाडौं । कोरोनाको कहरका बिच पनि काठमाडौं स्थित गोकर्णेश्वर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू भदौ १५ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

विद्यालय सञ्चालनको लागि नगरपालिकाले सूचना जारि गरि विद्यालय खोल्न अनुमति दिएको छ ।

गोकर्णेश्वर नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक , अभिभावक , राजनीतिक दलका पदाधिकारी , वडा अध्यक्ष , शिक्षाका पेशागत संस्थाका प्रमुखहरूको बृहत छलफल एवं अन्तरकिया कार्यक्रमले नगरपालिकाभित्रका सबै विद्यालय शिक्षालय भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णयका साथ नगरपालिकालाई सिफारिस प्राप्त भए अनुसार नगर शिक्षा समितिको मिति २०७८/५/१३ को वैठकद्वारा सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सवै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगताको अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/५/१५ मंगलबारदेखि सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसारै विद्यालय सञ्चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउनु हुन अनुरोध गरिएको नगरपालिकाले जनाएको छ ।

विद्यालय स्वयले स्वास्थ्य र सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण अनिवार्य रूपमा तय गर्नुपर्नेछ । सो अनुरूपको वातावरण तय भएको नपाइएमा नियमानुसार कारवाही भईजाने व्यहोरा समेत सूचनामा उल्लेख गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment