पिएसजीबाट मेस्सीको डेब्यु, राइम्स २-० ले पराजित

१४ भाद्र, एजेन्सी । यसै सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) अनुबन्धित भएका लियोनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् । गएराति फ्रान्सेली लिग वन अन्तर्गत राइम्सविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेका हुन् ।

६६ औं मिनेटमा नेयामारको स्थान लिँदै मेस्सीले पिएसजीबाट पहिलो खेल खेलेका हुन् । यसअघि मेस्सीले बार्सिलोनाबाहेक कुनै पनि क्लबबाट खेलेका थिएनन् ।

मेस्सीले डेब्यु गरेको खेलमा पिएसजीले राइम्सलाई २-० गोल अन्तरले पराजित गर्यो । पिएसजीलाई सहज जित दिलाउन दुवै गोल एमबाप्पेले गरेका थिए ।

खेलको १६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । उनले डी मारियाको क्रसमा हेडरमार्फत गोल गरेका थिए ।

६३ औं मिनेटमा एम्बाप्पेले अक्रफ हकिमीको क्रसमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पिएसजीले जित्यो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment