एक हजार २१४ सङ्क्रमण, दुई हजार २६० कोरोनामुक्त, २४ को मृत्यु

१३ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार २१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५९ हजार २२२ पुगेको छ ।पछिल्लो २४ घण्टामा दुई हजार २६० जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख १२ हजार ७१२ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७१४ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment