नेप्सेमा एक लाख ९१ हजार कित्ता शेयर सूचीकृत

१३ भदौ, काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.१३ प्रतिशत बोनस बापतको एक लाख ९१ हजार ५ सय २० कित्ता शेयर सूचीकृत भएको हो ।

उक्त संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने घोषणा गरेको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment