बायर्न म्युनिखको हर्था बर्लिनमाथिको ५-० गोलले विजयी

१३ भदौ, एजेन्सी । जर्मन बुन्डेस लिगा अन्तर्गत शनिवार राति भएको खेलमा साविक विजेता बायर्न म्युनिखले हर्था बर्लिनलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

बायर्नको घरेलु मैदान एलीयान्ज एरेनामा २५ हजार दर्शकबीच भएको खेलमा घरेलु टोलीले सुरुवाती १० मिनेट भित्रै अग्रता लिएको थियो। बायर्नका स्टार खेलाडी थोमस मुलरले पहिलो हाफको ६औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको ३५औं मिनेटमा बायार्नले अग्रता दोब्बर बनायो। बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा दुई गोलले अघि रहेको बायर्नले दोस्रो हाफमा अर्को तीन गोल थप्न सफल भयो।

खेलको ४९औं मिनेटमा बायर्नका युवा खेलाडी जमाल मुसियालाले गोल गरेका थिए। त्यसपछि खेलको ७०औं तथा ८४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्न सफल भए।

उनले ह्याट्रिक पूरा गरेसँगै बायर्न म्युनिखको लागि ३ सय गोलको किर्तिमान पनि रचेका छन्। यस जितसँगै बायर्नको तीन खेलमा सात अंक रहेको छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabarfootballgerman leaguenepalPolitic
Comments (0)
Add Comment