नेप्से परिसूचक करिब ४९ अंकले घट्यो, १५ अर्ब ६५ करोडको कारोबार

१३ भदाै, काठमाडाैँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ ।

आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर बन्द भएको हो ।

आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । फाइनान्स भने बढेर हरियो देखिएको छ । बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन् ।

सबैभन्दा धेरै बढ्नेमा यो कम्पनी पहिलो नम्बरमा देखिएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै भएको छ । १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

बजार घट्दा पनि यी कम्पनीले कमाए

बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन् । सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट नै लागेको छ ।

अर्को आँखुखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि सकारात्मक सर्किट नै लागेको छ । हेर्नुस धेरै कमाउने कम्पनीहरु :

नाममूल्यबढेको मूल्यबढेको प्रतिशत
नारायणी डेभलपमेन्ट बैंक1,137.40103.4010.00
आँखुखोला हाइड्रोपावर432.3039.3010.00
अरुणभ्याली हाइड्रोपावर775.0054.507.56
जानकी फाइनान्स796.0052.006.99
सिभिल लघुवित्त1,670.0099.006.30
share market
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid19digitalkhabarhealthKathmandu Digital KhabarnepseNewsPoliticshare
Comments (0)
Add Comment