युवक खोलामा बेपत्ता

१३ भदाै, बैतडी । आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । मलामी गएका ती युवकलाई नुहाउने क्रममा आज बिहान १०ः०० टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ ।

यस्तै मलामी गएका नरेन्द्रसिंह धामी, वीरेन्द्रसिंह धामी, नन्द धामी र वीरेन्द्र धामीलाई पनि खोलाले बगाएको थियो । उनीहरुको मलामी गएका व्यक्तिले सकुशल उद्धार गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid19DeathdigitalkhabarhealthKathmandu Digital KhabarNewsPolitic
Comments (0)
Add Comment