‘गौरा’ भित्र्याइँदै

१३ भदाै, कैलाली । सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याउँदै छन् ।

महिला मन्दिर तथा घर आसपासका खेतमा गई सामूहिक रुपमा ‘फाग’ गीत गाउँदै गौरा ‘भगवती’को प्रतिमा तयार पार्ने गरिन्छ । व्रतालु महिलाको सहभागितामा गौरा भित्र्याई सकेपछि महिलाले महेश्वर (शिव) र गौरी भगवतीको पूजाअर्चना गर्ने गर्दछन् । पूजा गर्दा अक्षताका रुपमा ‘बिरुडा’ (गुहुँ मास, गहत, गुराँस र कलौ) पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन छ ।

बिरुडालाई आफन्त, छरछिमेक तथा ईष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रहिआएको धनगढी उपमहानगरपालिका–२ का पुरोहित कृष्णराज जोशीले जानकारी दिनुभयो । पुरोहित जोशीले भन्नुभयो जुन प्रसाद खाँदा पेट सम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास छ ।”

यसरी गौरा भित्र्याइ पूजाको सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई लोक भाषामा देउडा खेल खेलेर रमाइलो गर्ने गर्दछन् । त्यस्तै भक्तालु महिला आज यहाँ धनगढीको नैनादेवी मन्दिर, कालिका मन्दिर, शिवपुरी धाम, वनदेवी मन्दिर, शिव मन्दिरलगायतका मठ मन्दिरका साथै गौरा घरमा गौरा (भगवती) र महेश्वर (शिव) को पूजा गर्नमा व्यस्त देखिन्छन् ।

भाद्र पञ्चमी तिथिका दिन धार्मिक विधिअनुसार प्रत्येक घर तथा मन्दिरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ । बिरुडा भिजाएको दिनदेखि नै गौरा पर्व सुरु भएको मानिन्छ ।

अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीय अगुवाको भनाइ छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन गरिएको उपहासको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंबदन्ती छ । कोभिड– १९ सङक्रमणको जोखिम कायमै रहेकाले अघिल्ला वर्षमा हुने गरेको गौरापर्वको रौनकता यसपाली खासै देखिदैन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid19DeathdigitalkhabarFestivalGaurahealthKathmandu Digital KhabarNewsPoliticSudurpaschim
Comments (0)
Add Comment