पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार

१३ भदाै, काठमाडौं । साहित्य सन्ध्याले नियमित मासिक ४१९औँ शृङ्खलाका अवसरमा विभिन्न पाँच स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

भर्चुअलरुपमा आयोजित सो कार्यक्रममा रु पन्ध्र हजार राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अनिता लामा र रु पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ डा राजेन्द्रप्रसाद अधिकारीले पाउनुभयो । यस्तै रु १० हजार राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ द्वारा डा शेषराज आचार्यलाई सम्मानित गरियो भने रु १० हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं पुरस्कार तथा सम्मान’ द्वारा नियात्राकार प्रतीक ढकाललाई दिइयो । ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ द्वारा तिलबहादुर कार्कीलाई सम्मानित गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ती पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी रहेको तीन सदस्यीय ‘स्रष्टा चयन समिति’ को छनोटबाट पुरस्कार दिइएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment