सामाजिक कार्यमा अग्रसर बन्दै “क्लव हाउस” एपको आवाज ग्रुप

लक्ष्मण फुयाल

०८ भदौ, काठमाडौ । समयको परिवर्तन संगै विश्वमा नयाँ नयाँ प्रविधिको विकास भइरहेको छ । जव विश्वमा १९९० देखी इन्टरनेट सेवा अन्तर्गत डब्लु डब्लु डब्लुले इन्टरनेट सेवा सुचारु भएसंगै इन्टरनेटबाट विभिन्न सामाजिक सञ्जाल अर्थात धेरै सोसल वेव एप्लिकेसनहरु निर्माण भएका छन् । यी सोसल वेब एप्लिकेसन अन्तर्गत करोडौ मानिहरुले समाजिक सञ्जालका प्रयोग गरेका छन् । हाल प्रचलनमा फेसबुक, ट्विटर, इंस्टाग्राम लगायत धैरै सोसल एपहरु विश्वमा साथै नेपालमा पनि लोकप्रियता बढ्दै गएको छ ।

नेपालमा पछिल्लो समय क्लब हाउस एप पनि लोकप्रिय भइरहेको छ । नेपालीहरु यसको प्रयोगमा गर्न हौसिएका छन् । हरेक विषयका छुट्टाछुट्टै अनलाइन मिटिङका भ्वाइसहरु सुन्न सकिने ।आफूलाई उपयुक्त लागेका कुराबारे मज्जाले सुनेर र सहभागी भई आनन्द एवं ज्ञान लिन ‍क्लव हाउस एपबाट सकिन्छ ।

यो एप प्रयोगकर्ताहरूले ध्वनिका माध्यमबाट संवाद गर्न सक्छन् । यो एप सार्वजनिक भएलगत्तै कोरोना महामारी पनि बढ्दै गयो । तर महामारीबीच नै एपले अझ बढी लोकप्रियता कमायो । सन् २०२१ अगस्ट २४ आजको दिन सम्म विश्वमा १ करोड व्यक्तिहरुले प्रयोग गरेका छन् । यसको लोकप्रियता यति सम्म छ कि हरेक एक हप्तामा २ लाखले यो एप जोइन गरेको तंथ्याक रहेको छ । यसको एपको प्रमुख कार्यकारी रुपमा अधिकृत पल डेभिसन र रोहन सेथले सार्वजनिक गरेका थिए ।

अनुमतिविना आवाजलाई सुरक्षित गर्न, प्रतिलिपि गर्न, पुनः उत्पादन गर्न वा साझेदारी र वार्तालापलाई क्लब हाउसको दिशानिर्देशद्वारा निषेध गरिएको छ । यसकारण यस अनुप्रयोगका माध्यमबाट दुव्र्यवहार र जातीय भेदभावका घटनाहरू घटेकाले अनुप्रयोग विवादको स्रोत भएको जनाइएको छ । यसका साथै क्लब हाउसको अन्तर्निहित गोपनीयतासम्बन्धी विवादको आलोचना गरिएको छ । ओमान, जोर्डन र चीनजस्ता देशहरूले अनुप्रयोगको पहुँचमा रोक वा यसको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएका छन् ।

विभिन्न विषयमा छलफल गर्ने गरी नेपाली प्रयोगकर्ताहरुले निषेधाज्ञालाई व्यवस्थित गर्ने गतिलो माध्यम पाएका छन्। एक अर्काबीच आफूलाई रुचि लाग्ने र ज्ञान भएको विषयमा विचार आदानप्रदान गर्न क्लब हाउस उपयोगी देखिन्छ। कुराकानी गर्न प्रयोगकर्ताले रुम क्रिएट गरेर प्राइवेट र पब्लिक फोरम बनाउन मिल्ने सुविधा यसमा छ।

कोरोना संक्रमण रोकथामका लागि संसारका बिभिन्न मुलुकमा मानिसहरु बाहिर हिडडुलको क्रम घटेसँगै घरबाट काम गरिरहेका छन्। यस्तोमा सार्वजनिक बहसमा सहभागी हुन चाहनेका लागि यो एपले प्लेटफार्म दिएको छ। तर, यो एप चलाउन इन्टरनेटको टुजीभन्दा माथिको नेटवर्कबाट मात्रै सजिलो हुन्छ। इन्टरनेट स्पीड स्लो हुँदा यो एपले प्रयोगकर्तालाई त्यसको सूचना दिन्छ।

क्लव हाउस एपमा “आवाज” ग्रुपको संचालक पूजा राना तथा सन्जिता घिमिरे

सुरुमा पोडकास्ट एपका रूपमा ‘टक शो’ नाम भएको यो एप पछिल्लो समय अडियोमा आधारित सामाजिक सञ्जाल ‘क्लब हाउस’को प्रयोग र चर्चा चुलिएको छ। यही कारणले पनि हरेक नेपाली समय कटाउन प्रयोग गर्ने गरेको बताउछन् क्लव हाउसका प्रयोगकर्ता ।

बजारमा क्लव हाउसलाई लिएर सामाजिक रुपमा सकारात्मक तथा नकारात्मक पक्षहरु कुराहरु आए तापनि सामाजिक अभियन्ता पूजा रानाको टिमले यो क्लव हाउसको प्लेटफर्मलाई सामाजिक कार्य अन्तर्गत जोडिएर सामाजिक समस्या , महिलाका विषयहरु तथा सामाजिक परिवर्तनको लागि प्रयोग गरेको बताउनुहुन्छ ।

यो एप प्रयोग गर्दा सुरुमा क्लव हाउस भनेको डान्स क्लव बुझेको सुरुमा प्रयोग गर्न नजान्दा राम्रो तथा नराम्रो ग्रुपमा जोडिएको पछि विस्तारै प्रयोगमा ल्याउदा यसलाई सकारात्मक कार्यकमा प्रयोग गर्ने सकिने लागेर आवाज क्लवको रुपमा आफू, सन्जिता घिमिरे, सुष्मा राना, अस्मि कडेल लगायतले यो क्लव हाउस चलाएको रानाले जानकारी दिनुभयो ।

उहाँहरुले यस एपलाई सञ्चालन सामाजिक कार्यको अन्तरक्रियाको रुपमा प्रयोग गर्दै छोटो समयमा ३ हजार माथि साथिहरु हामीसंग जोडिनुभएको छ । हामीहरु यस एप मार्फत सामाजिक विंसगतीका कुराहरु गर्ने, महिलाका हक हितका कुराहरु राख्ने विशेष रुपमा रहेको छ ।

हाम्रो आवाज ग्रुपमा दृश्टिविहिनहरु पनि जोडिनु भएको छ, हामी यस आवज ग्रुपलाई विशुद्ध सामाजिक कार्यको रुपमा प्रयोग गर्ने गराउने आवाज ग्रुपकी सदस्य सन्जिता घिमिरेले बताउनुभयो ।

बजारमा क्लव हाउसलाई लिएर केटाकेटी गफ गर्ने ,अश्लिताका कुराहरु गर्दै यसको गतल रुपमा प्रयोग गर्ने बुझाइ रहेको छ । मानिसहरुले यो एपको कुरा गर्दा नकारात्मक पक्षलाई बढि बुझ्ने गरेतापनि हामीले यसलाई सामाजिक अभियानका रुपमा अन्तर्क्रियात्मक कार्यमा प्रयोग गरेको, समाजमा दुख पाएका व्यक्तिलाई सहयोग समेत गरेको भरखरै हामीले यस आवाज क्लव मार्फत नुवाकोट निवासी क्यानसर पिडित बालकालाई एक लाख सहयोग संकलन गरेको उदारण दिदै हामीले यो एपलाई रचनात्मक कुराहरुमा प्रयोग गर्न सकिन्छ । साथै यस एपमार्फत शेयर कारोवारको शिक्षा, स्वास्थ्य लगायत रचनात्मक काममा पनि प्रयोग गर्न सकिन्छ ।

यो सञ्जाललाई विकृति भन्दा पनि सामाजिक अन्तर्क्रियात्मक,सामाजिक परिवर्तनको रुपमा प्रयोग ल्यानुपर्नेमा उनको जोड छ । युवा पुस्ताहरुले यसलाई नराम्रो भन्दा पनि बढि राम्रो कार्यमा प्रयोग गरेर यसको सहि सदुपयोग गर्दै क्लव हाउस एप मार्फत जोडिन आवाज ग्रुपले आग्रह गर्नु भएको छ ।

आवाज क्लव मार्फत जोडिदै गरिव, असाय तथा रोगी व्यक्तिहरुमा जोडिन हामीसंग सहयात्रा गर्न सक्नुहुन्छ ।

हामीलाई सम्पर्क नम्वर मिसन टू सपोर्ट वा आवाज क्लव मार्फत : ९८४७००४६९० पूजा रानासंग सम्पर्क गर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment