गाँजा र भरुवा बन्दुकसहित २ जना पक्राउ

०७ भदाै, खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजा र भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका ७ का ६५ वर्षीय मगम राई र ३७ वर्षीय खगेन्द्र राई रहेका छन् ।

प्रहरीले मगम राईको घरमा लुकाएर राखेको १५ केजी गाँजा र खगेन्द्र राईको घरमा लुकाएर राखेको १ थान भरुवा बन्दुक बरामद गरेको छ ।

आइतबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले गाँजा र बन्दुक बरामद भए सगै दुवैजना लाई पक्राउ गरेको हो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment