टेलिफिल्म ‘बाटुली’ बाट मौसमीकाे कमब्याक

०६ भदाै, काठमाडौं । टेलिफिल्म ‘बाटुली’ प्रसारणमा आएको छ । टेलिफिल्म ‘बाटुली’ बाट मौसमीकाे कमब्याक भएकाे छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिफिल्म न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ । पहिलो श्रृंखला गत मंगलबार प्रसारण भएको हो ।

सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’ टेलिफिल्म झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको बताइएको छ । मोबाइल युग भन्दा अघि नेपाली गाउँसमाजमा सासु र बुहारी बिच हुने बिभेदलाई टेलिफिल्ममा हेर्न सकिने निर्देशक गोपीकृष्णले जानकारी दिए । टेलिफिल्मको कथा पनि गोपीकृष्णले नै लेखेका हुन् ।

टेलिफिल्मको निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पुर्व (नवलपुर)मा गरिएका अर्का निर्देशक तथा ब्यवस्थापक नवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायांकन गरिएको छ । सुरुमा ४ भाग छायांकन भइसकेको बताइएको छ ।

टेलिफिल्म ‘बाटुली’मा लोकप्रिय अभिनेत्री मौसमी मल्ल सासुको भूमिकामा छिन् भने सिपी पोडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ । यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निभाएकी छन् । यस्तै खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुसी अर्याल लगायतको अभिनय रहेको छ ।

अनिल लामिछानेको छायाँकन रहेको टेलिफिल्म ‘बाटुली’मा शारधा पौडेलको श्रृंगार रहेको छ भने विरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । टेलिफिल्म ‘बाटुली’मा निरज पन्थिको सहायक निर्देशन रहेको छ । बाटुली आर्टिष्ट खबरको युट्युवमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

ActorbusinessCoronavirusCovid-19digital khabarhealthLockdownMausami MallanepalNewsPolitictechnology
Comments (0)
Add Comment