लिभरपुलको लगातार दोस्रो जित

०६ भदाै, एजेन्सी । लिभरपुलले प्रिमियर लिगको अंक तालिकामा सुरुवाती अग्रता लिएको छ ।

शनिबार भएको लिगको दोस्रो चरणको पहिलो खेलमा लिभरपुलले बर्नलीलाई २–० ले हरायो ।

प्राप्त जितसंगै लिभरपुलले प्रिमियर लिगको तालिकामा अग्रता बनाएको छ ।

लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे ।

जोटाले १८ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अघि बढाएका थिए । मानेले ६९ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नाल्डको पासमा गोल गर्दै एनफिल्ड क्लबलाई २–० को जित दिलाए ।

लिभरपुलले दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्नली अंक विहिन हुदै तालिकाको १७ औं स्थानमा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarfootballhealthLiverpoolnepalPoliticsportstechnology
Comments (0)
Add Comment