दाइसँग झगडा गरिरहेका युवकबाट पेस्तोल बरामद

०५ भदाै, जनकपुरधाम । सर्लाहीमा आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन्. ।

सदरमुकाम मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झै–झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

दुबै दाजुभाइको झै–झगडा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भयो’ बुढाथोकीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेका छौं ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment