कञ्चनपुरबाट झण्डै डेढ लाख नगद र लागुऔषधसहित युवक पक्राउ

०४ भदाै,  धनगढी । कञ्चनपुरबाट झण्डै डेढ लाख नगद र लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१२ ऐरीबाट सोही ठाउँका २० वर्षीय सुदर्शन भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुुऔषध खैरो हिरोइन र ८.५० ग्राम चरेश बरामद गरिएको न्यौपानेले बताए ।

भारतीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment