विवाद मत्थर भएपछि शिल्पाले सेट ज्वाइन गरिन

०२ भाद्र, एजेन्सी । श्रीमान् राज कुन्द्रा एपमार्फत पोर्न फिल्मको कारोबार गरेको आरोपमा जेल गएपछि शिल्पा सेठ्ठी सुपर डान्सर ४ को सेटबाट अलग भएकी थिइन् । राज कुन्द्राको काण्ड बाहिरिनु अघि शिल्पा बच्चाबच्चीको नृत्य प्रतियोगिताको तीनमध्ये एक निर्णायक थिइन् ।

तर राजको अपराधलाई लिएर नकारात्मक चर्चा भएपछि शिल्पाले यो प्रतियोगिताको सुटिङबाट छुट्टी लिने निर्णय गरेकी थिइन् । तर उनले तीन हप्तापछि सेट फर्कने निर्णय गरेको भारतीय अखबार दैनिक भास्करको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

यसै गरी शिल्पा तीन हप्तापछि मंगलबार नयाँ एपिसोडको सुटिङमा पुरानै जिम्मेवारीमा फर्किएकी छिन् । उनले निर्देशक अनुराग बसु र कोरियोग्राफर गीता कपुरसँगै सुटिङ गरेको भास्करले लेखेको छ ।

शिल्पा विवादमा फसेपछि उनलाई अरु कुनै सेलिब्रेटीले प्रतिस्पान गर्ने चर्चा चलेको थियो । यो बीचमा करिष्मा कपुर र रितेश देशमुख र जेनेलिया डिसुजा सोमा देखिएका पनि थिए । तर उनीहरू अतिथि निर्णायकको रुपमा मात्र सोमा आएको बताइएको छ ।
विवाद मत्थर भएपछि शिल्पाले सेट ज्वाइन गरेको र फाइनलसम्मै सोही भूमिकामा रहने सोले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

ActressBollywooddigital khabarSilpa Setty
Comments (0)
Add Comment