पाथीभरा र लिखानारायण मन्दिरमा विभिन्न भौतिक संरचना निर्माण

०२ भदाै, भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथीभरा मन्दिरमा विभिन्न भौतिक संरचनाको निर्माण सम्पन्न भएको छ । सांसद महेश बस्नेतमार्फत आएको सांसद विकास कोषको रु २० लाख, सूर्यविनायक नगरपालिकाको रु २० लाख र वाग्मती प्रदेश सदस्य शशीजङ्ग थापामार्फत आएको रु १५ लाख गरी कूल रु ५५ लाखको लागतमा संरचनाहरु निर्माण भएको हो ।

यहाँ निर्माण भई प्रयोगमा आएका भौतिक संरचनाहरुको आज सांसद बस्नेतले अनुगमन गर्नुभएको छ । उक्त बजेटले पाथीभरा मन्दिर परिसरमा मन्दिर निर्माणसँगै गुरुकुल आश्रम, हल, संस्कृति विद्याश्रम, भान्छा घर, बस्ने कोठा, हवन, जमरा घर लगायतका संरचना निर्माण भएको वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । यहीँ मन्दिरमा गौ संरक्षण केन्द्रसमेत निर्माण गरिने भएको छ ।

त्यसैगरी रु २३ लाखको लागतमा मन्दिर जाने कच्ची सडकमा ग्राभेल गरिएको छ । मन्दिरलाई निर्माण व्यवसायी सङ्घ भक्तपुरका उपाध्यक्ष लव गिरीले रु एक लाख ३५ हजार बराबरको साउन्ड सिस्टम हस्तान्तरण गर्नुभएको छ ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले पाथीभरा मन्दिरका लागि रु एक लाख एक हजार र काठमाडौँ निवासी नवीन बस्नेतले रु २० हजार पाँच प्रदान गर्नुभएको छ ।

यता गुण्डुकै कार्की गाउँस्थित लिखानारायण मन्दिरमा सूर्यविनायक नगरपालिकाको रु ६ लाख र स्थानीय जनसहभागिता रु ६ लाख गरी १२ लाखको लागतमा विभिन्न संरचनाहरु निर्माण भएका छन् । पूर्वप्रहरी नायब उपरीक्षक स्थानीय गोविन्द केसीको अध्यक्षतामा मन्दिरसँगै यहाँका पुराना संरचनाहरुको मर्मत, चौतारा निर्माण, ढुङ्गा छपाइ, पर्खाल निर्माण लगायतका काम गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment