इंग्ल्यान्डमाथि भारतको सानदार जित

०१ भदाै, काठमाडौं । पाहुना टोली भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित गरेको छ ।

लर्ड्समा सोमबार राति भारतले इंग्ल्यान्डलाई १ सय ५१ रनले पराजित गरेको हो ।

यस जितसँगै भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

सोमबार भारतले ८ विकेट गुमाएर २ सय ९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डले अलआउट हुँदै १ सय २० रन मात्र बनाउन सक्यो । उसका कप्तान जोए रुटले ३३ रन जोड्दा जोस बट्लरले २५ रन बनाए । मोइन अली १३ रनमा आउट भए ।

भारतका मोहमद सिराजले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा इशान्त शर्माले २ विकेट लिए ।

त्यस अघि दोस्रो इनिङ्समा भारतका अजिन्का रहानेले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद शामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै चेतेश्वर पुजाराले ४५ रन जोड्दा जस्प्रित बुम्राह ३४ रनमा अविजित रहे । ऋषव पन्त २२, रोहित शर्माले २१ र कप्तान विराट कोहली २० रनमा आउट भए ।

इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । मोइन अली र ओली रोबिनसनले २/२ विकेट झारे ।

त्यस्तै कप्तान जोए रुटको शतकमा इंग्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ९१ रन बनाएको थियो । कप्तान रुट १ सय ८० रनमा अविजित रहे ।

जोनी बेयर्स्टोले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोरी ब्रुन्स ४९ रन बनाए । मोइन अलि २७ र जोस बट्लर २३ रनमा आउट भए ।

भारतका मोहमद सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए । मोहमद शामीको नाममा २ विकेट रह्यो ।

भारत पहिलो इनिङ्समा ३ सय ६४ रन जोड्दा अलआउट भएको थियो । भारतका लागि केएल राहुलले १ सय २९ रनको शतकीय इनिङ्स खेले ।

रोहित शर्मा ८३ रन बनाएर आउट हुँदा कप्तान विराट कोहली ४२ रनमा आउट भए ।

रविन्द्र जडेजाले ४० तथा ऋषव पन्तले ३७ रन बनाए ।

इंग्ल्यान्डका जेम्स एण्डरसनले ५ विकेट लिए । मार्क उड र ओली रोबिनसनले २/२ विकेट लिए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCricketdigital khabarhealthIndiaLockdownnepalPolitictechnology
Comments (0)
Add Comment