मेस्सीबिना बार्सिलोनाकाे विजयी सुरुवात

३२ श्रावण, एजेन्सी । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । १७ वर्षपछि लियोनल मेस्सीबिना सिजन सुरुवात गरेको बाािर्सलोनाले गएराति भएको खेलमा रियाल सोसिडाडलाई ४–२ ले हरायो ।

बार्साको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गर्दा जेरार्ड पिके र सर्जी रोबर्टोले एक एक गोल गरे । सोसीडाडका युलेन लोबेते र मिकेल ओयरजबालले दुई गोल फर्काए ।

यो सिजन लियोनल मेस्सीले बार्सिलोना छाडेपछि टोलीले कस्तो प्रदर्शन गर्ला भन्ने कौतुहलताकै बिच शानदार सुरुवात गरेको हो । ला लिगाकै अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई २–१ ले हराउँदा सेभियाले रायो भायकानोलाई ३–० ले पराजित ग¥यो ।



मल्टिमिडिया ग्यालरी

barcaCoronavirusdigital khabarfootballhealthmessinepalNewsPoliticsportstechnology
Comments (0)
Add Comment