ओलीको अन्तिम निर्णय कुर्दै नेपालपक्ष

३१ साउन, काठमाडाैँ । नेकपा (एमाले) एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपालपक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे अन्तिम निर्णय पर्खेको छ। पार्टी विधान संशोधन गरेर ओलीपक्ष अघि बढे पनि नेपालपक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने बताएकाे हो।

पार्टी एकताकै विषयमा छलफल गर्न नेता सुरेन्द्र पाण्डे र भीम अचार्य दिल्लीमा उपचारत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न पुगेका छन्। पार्टी निर्णय लिनुअघि खनालको स्वास्थ्य अवस्था बुझ्नुका साथै छलफलका लागि नेताद्वय दिल्ली पुगेका हुन्। पार्टी एकतालाई जोड दिनुपर्छ भन्ने विषयलाई जोड दिन उनीहरु नेता खनाललाई भेट्न पुगेका हुन्।

पार्टी एकताका विषयमा पछिल्लो समय ओलीपक्षले खासै रुचि नदेखाएपनि नेपालपक्षले अन्तिम समयसम्म प्रयास गर्ने नेता मेटमणि चौधरीले बताए। ‘पार्टी एकताका विषयमा विकल्प हुँदासम्म प्रयास गर्ने भनेका छौं। त्यसका लागि सघन छलफल चलाइरहेका छौं,’ नेपाल लाइभसँग कुरा गर्दै चौधरीले भने, ‘केपी कमरेडहरुले एकतामा खासै रुचि देखाउनु भएको छैन। पार्टी विभाजन गरेर जाने गरी व्यवहार देखाउनु भएको छ। यद्यपि पार्टी एकतालाई जोड दिनुपर्छ भन्नेछ।’

पार्टी एकता लागि हप्ता दिनसम्म पर्खिने अन्तरिक तयारी रहेको चौधरीले बताए। ओलीपक्ष नेपालपक्षका सबै नेतालाई समेट्ने गरी अघि नबढेमा नेपालपक्षका नेताले साथ दिने सम्भावना कम देखिएको छ। विचधारमा बसेका नेपालपक्षका नेताहरु मूल पार्टीमै फर्किनुपर्ने पक्षमा रहेका छन्।

नेपालपक्षका स्थायी कमिटीका बहुमत सदस्य एकताकै पक्षमा भएपनि बहुमत केन्द्रीय सदस्य भने छुट्टै पार्टी बनाएर जानुपर्ने पक्षमा छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment