जगदम्बा मोटर्सद्वारा टिभिएस ड्युराम्याक्स प्लस टेम्पो सार्वजनिक

२९ साउन , काठमाडौं । जगदम्बा मोटर्सले थ्रि व्हिलर इन्डष्ट्रि मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लस आफ्नो डीलर पार्टनरहरु माझ एन्युअल डिलर्स मिट कार्यक्रम समारोहमा लन्च गरेको छ ।

जगदम्बा मोटर्स नेपालको लागि टिभिएस थ्री व्हिलरको एकमात्र आधिकारिक वितरक हो । सार्वजनिक सवारी साधनको रुपमा संचालन गर्न योग्य यो थ्रि व्हिलर्स सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीको दाबी छ ।

टिभिएस ड्युराम्याक्स प्लस थ्रि व्हिलर्सको इन्जिन ४ स्ट्रोक र लिक्वीड कूल्ड प्रविधिको छ । सर्वाधिक शक्तिशाली २२५ सिसिको दमदार इन्जिन जडित यो थ्रि व्हिलर्स इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ ।

४७५० आरपिएममा ७.५ किवाको अत्याधिक शक्ति प्रदान गर्ने र २२७५ आरपिएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो हुनाको साथै सवार यात्रुहरुले समेत आराम दायक अनुभव गर्न सक्नेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarLockdown
Comments (0)
Add Comment