मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल प्रेस काउन्सिलले सूचीकरण नगर्ने

२९ साउन, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडी डोमेन दर्ता र मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुनआएमा त्यस्ता न्युजपोर्टललाई सूचीकरण नगर्ने जनाएको हो ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकको हालैको बैठकले यस्तो निर्णय गरेको हो। विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटकपटक उजुरी र गुनासाहरू आउने गरेको प्रेस काउन्सिलले जनाएको छ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था रहेको छ । पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarPolitic
Comments (0)
Add Comment