चेक बाउन्सको मुद्दामा दोषी ठहर भई फरार रहेकी महिला पक्राउ

२९ साउन, काठमाडाैँ । बैंकिङ कसूर मुदामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ की ४८ वर्षीया प्रेमकुमारी खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २०७६ जेठ २१ गते चेक बाउन्सको मुद्दामा दोषी ठहर गर्दै पाँच दिन कैद र २० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेकी खड्गीलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment