जहाजमा यात्रु बढेपछि प्रादेशिक उडानमा एयरलाइन्सको आकर्षण

२९ साउन, काठमाडाैँ । नेपालमा काठमाडौं केन्द्रित हवाई उडान अब क्रमशः क्षेत्रिय उडानमा बिस्तार हुने क्रममा छ । वायुसेवा कम्पनीहरुले एक प्रदेशबाट अर्को प्रदेशलाई लक्षित गरी शुरु गरेको यस्तो उडानबाट यात्रुलाई भने लाभ पुगेको छ ।

विगतमा नेपाल वायु सेवा निगम (नेवानी)ले क्षेत्रिय उडानमा योगदान गरिरहेको थियो । तर, नेवानीको आन्तरिक उडान धरासायी बनेसँगै नेपालमा निजी लगानीको बुद्ध एयरले प्रादेशिक उडानलाई प्राथमिकता दिएको छ ।

बुद्ध एयरका पाइलट क्याप्टेन शैलेस रावलका अनुसार पोखरालाई गन्तव्य बनाएर मोफसलहरुबाट आउन चाहने यात्रुलाई प्रादेशिक उडानले निकै सहयोग गरेको छ। अब पोखरा आउन काठमाडौं पुगेर जहाज चढ्ने बाध्यता हट्दैछ उनी भन्छन्हामी यात्रुलाई उहाहरुकै शहरबाट पोखरासँग जोड्दैछौं ।

अहिले पोखराबाट काठमाडौंसहित नेपालगन्ज, भैरहवा र भरतपुरमा नियमित उडान भइरहेको छ । निकट भविश्यमा सिमरा, विराटनगर र जनकपुरसँग पनि पोखरालाई जोड्ने तयारी छ । यी गन्तव्यमा भने नेपाल–भारत सीमा नाकाहरु निर्वाध सुचारु भएपछि मात्र उडान बिस्तारको तयारी कम्पनीको छ ।

बस चढ्ने यात्रु जहाजतर्फ आकर्षित भए

काठमाडौंबाट सबैभन्दा बढी हवाई उडान हुने पोखरा, नेपालगञ्ज, विराटनगर, भैरहवासहितका गन्तव्यका जहाज अहिले करीब पूर्णक्षमतामा उडिरहेका छन् । बुद्ध एयरको पोखरा स्टेशनका म्यानेजर गौतम बरालका अनुसार अहिले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न सकेको छैन । तर, जहाज भने खाली उडाउनु परेको छैन ।

बस चढ्ने यात्रु क्रमशः जहाजतर्फ आकर्षित भइरहेको पाइएको उनी बताउँछन् । ‘दैनिक सयौं यात्रु पोखरा आएका छन्, तर होटेल व्यवसायी पाहुना नभएको गुनासो गर्छन्, उनी भन्छन्, त्यसो भए उनीहरु कहाँ गए त ?’ यसबाट पनि विगतमा बसमा यात्रा गर्ने यात्रुहरु क्रमशः जहाजमा आकर्षित भएको पाइएको उनको भनाइ छ ।

यसमा सहमत छन्, नेपाल पर्यटन बोर्डका सदस्य तथा होटेल बाराहीका कार्यकारी निर्देशक विप्लव पौडेल । अहिले एयरलाइन्स कम्पनीहरुले पोखरालाई लक्षित गरी ल्याएका प्रादेशिक उडानले यात्रुको चहलपहल बढेको देखिएको छ । पर्यटकीय गतिविधिले गति लिन भने सबै नागरिकमा खोप पुग्नु पर्ने उनको भनाइ छ । ‘खोप नआएसम्म घुमफिरमा निस्कन मानिस डराउँछन्,’ उनी भन्छन्, ‘हवाई यात्रु बढेको पर्यटकका कारण मात्र होइन ।’

प्रतिस्पर्धी भाडाले बढाउँदै छ यात्रु

पछिल्लो समय एयरलाइन्स कम्पनीले भाडामा समेत प्रतिस्पर्धा शुरु गरेका छन् । आन्तरिक उडानका दुई प्रतिस्पर्धी कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले मूल्यमा खुलेरै प्रतिस्पर्धा गरेका छन् । यसले विगतमा पर्यटक बसमा यात्रा गरेसरहमै गन्तव्यमा पुग्ने सम्भावना छ । एकातर्फ सुरक्षित यात्रा र अर्कोतर्फ मूल्य समेत प्रतिस्पर्धी भएका कारण जहाजमा यात्रुको चाप बढेको स्टेशन म्यानेजर गौतम बढाउँछन् ।

जहाज चढेपछि यात्रुहरु नझरेसम्म फेसशिल्ड अनिवार्य गरिएको छ । मास्क र स्यानिटाइजरको प्रयोग समेत अनिवार्य छ । अधिकतम एक घण्टाको दूरीमा नेपालभर यात्रा गर्न सक्ने भएका कारण समेत कोभिड सर्ने सम्भावना कम हुने एयरलाइन्स कम्पनीहरुको दाबी छ ।

वायुसेवा सन्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले केही दिन अगाडि एक विज्ञप्ती निकाल्दै हवाई यात्राका माध्यमबाट कोभिड संक्रमण हुने दर समेत अन्त्यन्तै कम हुने बताएका थिए । सोही प्रयोजनका लागि जहाजहरुले अहिले ‘इनफ्लाइट सर्भिस’समेत बन्द गरेका छन् ।

हवाई यात्रु र आन्तरिक पर्यटक आकर्षित गर्न बुद्ध होलिडेजले अहिले पोखरा र सौराहालाई लक्षित गरी अहिले भ्रमण प्याकेज समेत बिक्री गरिरहेको छ । पोखरामा दुई रात÷तीन दिनको प्याकेजबाट आन्तरिक पर्यटक आकर्षित गर्न थालिएको कम्पनीले जनाएको छ । यसका लागि एयरलाइन्स र विभिन्न होटेलसँग सम्झौता गरी प्याकेज बिक्री शुरु गरिएको हो ।

यात्रुसँगै पर्यटक पनि बढ्ने अपेक्षामा छन् व्यवसायी

सरकारले चालु आर्थिक वर्षको बजेटमा निजामती कर्मचारीलाई भ्रमण काजमा पठाउने निर्णय गरेको छ । यो कार्यक्रमलाई वर्तमान सरकारले समेत निरन्तरता दिने अपेक्षा व्यवसायीले गरेका छन् । त्यसो हुन सके कम्तिमा आन्तरिक पर्यटकबाट मात्र भए पनि गन्तव्यहरु चलायमान हुने विश्वास व्यवसायीहरुमा छ ।

पोखरामा साहसिक पर्यटकीय गतिविधि बन्जीजम्प र जिपलाइन संचालन गरिरहेको हाइग्राउण्ड एडभेन्चरका चिफ अपरेटिङ अफिसर दिनेश महर्जन बाह्य पर्यटक आउने वातावरण नबनेसम्म आन्तरिक पर्यटक बढाउने कार्यक्रममा जोड दिनुपर्ने बताउँछन् । यसका लागि प्रादेशिक उडानले निकै सहयोग पुग्ने उनले बताए ।

आफूहरु पनि नेपालगन्ज, विराटनगर, सिमरासहितका क्षेत्रबाट शाहसिक पर्यटकलाई पोखरा भित्राउन तयार रहेको भन्दै यसका लागि वायुसेवा कम्पनीहरुसँग सहकार्य समेत गर्ने तयारी रहेको उनले जानकारी दिए । होटेल, साहसिक पर्यटकीय प्रडक्ट दिने कम्पनी र एयरलाइन्सबीच सहमति हुने हो भने पर्यटकलाई आकर्षक प्याकेजमा सेवा दिन सकिने उनी बताउँछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment