नेप्से दोहोरो अंकको बृद्धि : १७ अर्ब ५१ करोड ३२ लाख बराबरको कारोबार

२८ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से १६.३२ अंकले बढेर तीन हजार एक सय ७८ दशमलब ९१ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज कारोबार रकममा पनि बृद्धि भएको छ । १७ अर्ब ५१ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १५ अर्ब ४५ करोड ५९ लाख बराबरको कारोबार भएको थियो ।

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा महालक्ष्मी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी नेपाल, रु रु जलविदुत परियोजना, जीवन विकास लघुवित्त वित्तिय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

त्यस्तै, पाँचथर पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६२ करोडको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment