बलिउडमा उदितनारायण झाकाे ४१ वर्ष पुरा

२६ साउन, मुम्बई(एजेन्सी) । पाश्र्व गायक उदितनारायण झाले सोमबार सामाजिक सञ्जालमार्फत आफूले बलिउडमा ४१ वर्ष पुरा गरेको जानकारी दिएका छन् । उनले गीत रेकर्ड गराउदै गरेको एक श्यामस्वेत तस्वीर पोष्ट गर्दै आफू नोस्टाल्जिक बनेको उल्लेख गरेका छन् ।

उदितले सन् १९८० मा फिल्म ‘उन्निस बीस’को गीत रेकर्ड गर्दै बलिउड यात्रा सुरु गरेका थिए । यो गीतका कम्पोजर राजेश रोशन हुन् ।

‘४१ वर्ष अघि भारतीय फिल्म र संगीत उद्योगका लागि मेरो पहिलो गीत फिल्म ‘उन्निस बिस’का लागि रेकर्ड गरिएको थियो । गीत राजेश रोशनजीले कम्पोज गर्नुभएको थियो । यो गीत मेरो आइडल श्री मोहम्मद रफी सा’बसँग गाउन पाउदा म भाग्यमानी ठान्छु’, उनले इन्स्टाग्राममा लेखेका छन् ।

मिथिलाञ्चलबाट आएको एक युवा केटालाई अवसर दिनेप्रति उनले आभार व्यक्त गरेका छन् । सन् ८० को दशकबाट बलिउडको गायन सुरु गरेका पद्म भुषण विजेता उदितले राष्ट्रिय अवार्ड पनि जितेका छन् ।

सन् १९८८ मा फिल्म ‘कयामत से कयामत तक’ मा उनले गाएको गीत ‘पाप केहते हे’, ‘ए मेरे हमसफर’ र ‘अकेले हे तो क्या गम हे’ पछि उनले पछाडि फर्किएर हेर्नुपरेन ।



मल्टिमिडिया ग्यालरी

BollywoodbusinessCoronavirusCovid-19digital khabarhealthLockdownNewsSingertechnologyUdit Narayan
Comments (0)
Add Comment