नीर शाह अभिनित ‘मेरा आकाशका तारा’ गीत रिलिज (भिडिया)

२५ साउन, काठमाडौं । यो उमेरमा पनि वरिष्ठ अभिनेता नीर शाह उत्तिकै फुर्तिला लाग्छन् । कोरोनाकालमा शाहको दैनिक केही निजी कामसँगै म्युजिक भिडिओमा अभिनय गर्दै बितिरहेको छ ।

गायक सनुप पौडेलको नयाँ गीत ‘मेरा आकाशका तारा’मा शाह फिचर्ड छन् । शुक्रबार राजधानीमा आयोजित प्रेसमिटमा गीत लन्च गरियो ।

बाबु र छोराको प्रेम र विछोडको कथा प्रस्तुत गर्ने गीतमा शाह र गौरव विष्टको अभिनय छ । सन्दिप बस्नेतको शब्दमा तयार भएको यो गीतमा राज सागरको संगीत छ । गीतकार सन्दिपले आफ्नो पिताको संझनामा यो गीत कोरेका हुन् ।

अनुप योञ्जनको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, डिन्सन शाहको सम्पादन छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownMusic VideosNewsNir Shahtechnology
Comments (0)
Add Comment